Breaking News

जापानलाई झड्का, चीनद्धारा जापानको भुमिमा छिरेको स्विकार

diaoyu islands२५ साउन,एजेन्सी। महाशक्ति बन्ने दिशा तर्फ उन्मुख चीनले हाल जापानको नियन्त्रणमा रहेको एक टापुमा सैनिक गस्ती गरेको स्विकार गरेको छ।

चीनको कोस्ट गार्डले डियायु टापुमा गस्ती गरेको स्विकार गरेको हो।
चीनमा डियायु र जापानमा सेनकाकुको नामले चर्चित टापुमा दुवै देशले आ-आफ्नो दाबी गर्ने गरका छन् ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हंग लीले चीनको सार्वभौमिकताका अभ्यासका रुपमा सैन्य डियायुमा सैनिक गस्ती गरेको प्रतिक्रिया दिएका छन्।
गस्तीका क्रममा चिनियाँ सैन्य दस्ताले जापानी जहाजलाई गैर कानुनी रुपमा देखेको बताइएको छ।

यसका बारेमा टोक्योमा रहेको चिनियाँ दुतावासले पनि जापान समक्ष विरोध जनाएको छ।
डियायु टापु सन १८९५ देखी जापान कब्जा गरेर बसेके छ भने चीने १७८३ देखी नै सो टापुलाई आफ्नो भन्दै आएको छ ।

How about this Article

No comments:

Leave a Reply