Breaking News

गायिका सिर्जना थापा जेल चलान

Sirjana-Birahi-Thapa३२ साउन, काठमाडौं । ठगी मुद्धामा गायिका सिर्जना विरही थापा जेल चलान भएकी छन् ।

काठमाडौं जिल्ला अदालतले मागेको २५ लाख रुपैयाँ धरौटी तिर्न नसकेपछि बिहीबार उनलाई सुन्धारास्थित महिला कारागारमा पठाइएको छ ।

विदेश पठाईदिने तथा आकर्षक व्याज दिने भन्दै पुजा रायमाझीलाई ३५ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले उनीविरुद्ध मुद्धा दायर गरेको थियो । गत ७ साउनमा उनी जुवाघरबाट पक्राउ परेकी थिईन् ।

जुवाका साथै प्रहरीले उनलाई ठगी मुद्धासमेत दायर गरेको थियो । जुन मुद्धाको थुनछेक आदेशमा काठमाडौं जिल्ला अदालतले उनीसँग २५ लाख रुपैयाँ धरौटी मागेको थियो ।

 सो रकम बुझाउन नसकेपछि उनलाई जेल चलान गरिएको जिल्ला अदालतले जनाएको नयाँपत्रिका दैनिकले खबर छापेको छ ।

How about this Article

No comments:

Leave a Reply