Breaking News

त्रिभुवन विमानस्थलमा विमान चरासँग ठोक्कियो, स्थिति तनावग्रस्त

३२ साउन, काठमाडौ । आज बिहान करिब ९ बजे काठमाडौबाट पोखरातर्फ उड्न लागेको यति एयरलाइन्सको विमान उड्ने बेलामा रनवेमा नै चरासँग ठोक्किएको छ । यति एयरलाइन्सको फ्लाइट नं. ६७५ विमान रनवेमा टेकअफ गर्न लाग्दा चरासँग ठोक्किको थियो ।

विमान चरासँग ठोक्किएपछी विमान रवनवेमा नै रोकिएको छ । रनवेमा नै रहेकालेकुनै अप्रिय दुर्घटना हुन पाएन । विमानमा भएको क्षतिबारे जहाजका कर्मचारी तथा प्राविधीक टोलीले जाँच गरिरहेको छ भने जहाजभित्रका यात्रुहरूमा तनावको स्थिति पैदा भएको छ । यात्रुहरूलाई सामान्य घटना भएको भन्दै केही बेरमा उडान भर्ने जानकारी दिइएको एयरलाइन्सले बताएको छ ।

How about this Article

No comments:

Leave a Reply