प्याजको भाऊले आकाश छोएपछी भारतमा प्याज निर्यात रोक
यही महङ्गीकै कारणले भारतले प्याजको निर्यातमा कडाईगर्न थलेको बताइएको छ । निर्यातमाथि लगाम लगाउने कदम भारतले चालेको शनिबारका समाचारमा जनाइको छ ।
भारत सरकारले आपूर्ति बढाएर मूल्यहरूमा अङ्कुश लगाउने प्रयासअन्तर्गत प्याजको आयात गर्ने निर्णय गरेको छ । गएको हप्तादेखि नयाँ दिल्लीमा नै खुद्रा पसलहरूमा प्याज प्रतिकिलो ७०÷८० भारुको दरले विक्री भइरहेको छ ।
कोलकाता, पटना र चण्डीगढमा पनि प्याजको मूल्य प्रतिकिलो ७०÷८० भारतीय रुपैयाँ पुगेको समाचारमा जनाइएको छ । यतिखेर भारतमा पनि प्याजको राजनीति सुरु भएको बताइन्छ । चेन्नई र मुम्बईमा मूल्य ६०÷७० भारु प्रतिकिलो रहेको छ । चुनावी वर्षको समयमा भारतमा राजनीतिकरूपमा पन ियो मुद्दालाई संवेदनशील बनाइने भएको पनि समाचारहरुमा उल्लेख गरिएको छ ।
प्याज नियन्त्रणभन्दा बाहिर हुने आशङ्काका कारण सरकारले एकातिर निर्यातमा केही नियन्त्रण गर्नका लागि प्याजको न्यूनतम निर्यात मूल्यलाई ६५० डलर प्रति टन बनाएको छ । अर्कोतिर प्रमुख सहकारी संस्था नाफेडलाई पाकिस्तान र इरानबाट प्याज आयात गर्न भनेको छ । सरकारले सन् २०१२ मे महिनामा एमईपीलाई अन्त्य गरेको थियो ।
एमईपी भनेको त्यो न्यूनतम मूल्य हो जसलाई कम मूल्यमा निर्यात गर्न सकिँदैन । नोभेम्बरमा निर्वाचनको सामना गर्न गइरहेको दिल्लीमा मूल्यलाई घटाउनका लागि सरकारले नाफेडसँग राजस्थानबाट प्रतिदिन साढे चार टन प्याज खरिद गर्न भनेको पनि केही सञ्चारहरुले जनाएका छन् ।
भारतका अन्य भागहरूमा मूल्यलाई कम गर्न नाफेडबाट महाराष्ट्रमा नासिक जिल्लाको लासालगाउँ (पिम्पलगाउँको तरकारी बजारहरूबाट राम्रा विद्यमान दरहरूमा प्याज खरिद गर्न भनिएको छ र दुई प्रतिशतको सामान्य सेवा शुल्कमा सबै राज्यका बजार तथा आपूर्ति महासङ्घहरूलाई दिन भनिएको छ ।
भारतले चालु आर्थिक वर्षको अप्रिलदेखि जुलाईसम्मको अवधिमा छ लाख ३९ हजार टन प्याज निर्यात गरेको छ जुन निर्यात एक वर्ष पहिला यसै अवधिमा छ लाख ९४ हजार टन भएको थियो ।
प्याजको उत्पादन आर्थिक वर्ष २०१२÷१३ मा एक करोड ६६ लाख टन भएको छ । एसियाको सबैभन्दा ठूलो प्याज तरकारी बजार लासालगाउँ, नासिकको थोक बजारमा मूल्य एक भारुले बढेर ४६ भारु प्रति किलोग्राम भएको छ भने दिल्लीको आजादपुर मन्डीमा प्याजको मूल्य पाँच भारुले बढेर प्रतिकिलो ५०÷५५ भारु भएको छ । एजेन्सी

No comments: