मापसे जाँचस्थलमै लाईसेन्समा प्वाल
२ भदौ, काठमाडौं ।
नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरेर गाडी चलाउने चालकको चालक अनुमतिपत्र (लाईसेन्स) मा जाँचस्थलमै प्वाल पार्न थालेको छ । मापसे जाँचका लागि कार्यक्षेत्रमा खटिएका ट्राफिक प्रहरीले चिटविना जरिबाना उठाएर राजस्वमा घोटाला गर्न थालेपछि महानगरिय प्रहरी महाशाखाले नयाँ व्यबस्था गरेको हो । चालकसँग चिटविना रकम उठाएर लाईसेन्स फिर्ता दिने प्रवृत्ति बढेपछि जाँचस्थलमै प्वाल पार्न थालिएको अन्नपुर्ण पोष्टले खबर छापेको छ ।

No comments: