दाहालको गाडीलाई विमानसम्मै छुट
२ भदौ, काठमाडौं ।
पुर्वप्रधानमन्त्री मरिचमानसिँह श्रेष्ठलाई अन्य पुर्वप्रधानमन्त्रीले पाउँदै आएको मृत्युपछिको सलामी सम्मानबाट वञ्चित गरिएकै बेला अर्का पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भने विमानको ढोकासम्म आफ्नै गाडीमा जान दिइएको छ ।
पुर्वप्रधानमन्त्री मरिचमानसिँह श्रेष्ठलाई अन्य पुर्वप्रधानमन्त्रीले पाउँदै आएको मृत्युपछिको सलामी सम्मानबाट वञ्चित गरिएकै बेला अर्का पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई भने विमानको ढोकासम्म आफ्नै गाडीमा जान दिइएको छ ।
एमाओवादी अध्यक्ष दाहाल शुक्रबार भैरहवा जाने क्रममा आफ्नै गाडीमा जहाजको ढोकासम्म पुगे । तर उनी शनिबार बिहान काठमाडौं फर्कदा भने यो प्रकरणले ठुलै रुप लियो । विमानस्थल सुरक्षा प्रमुख डीआईजी गोपाल भण्डारीले दाहाल
फर्कदा उनको गाडीलाई जहाजको ढोकासम्म जान नदिन सुरक्षाकर्मीलाई आदेश दिएका थिए । कुनैपनि पुर्वप्रधानमन्त्रीलाई आफ्नो गाडीमै चढेर दलबलसहित जहाजसम्म जान दिने नियम छैन । उनीहरुलाई भीआईपी कक्षमा राखेर विमानस्थल कार्यालयको ‘फलो मि’ नामाकरण गरिएको गाडीमा राखेर जहाजसम्म पु¥याउने गरिन्छ । तर दाहालको हकमा यो लागु भएको छैन । यसपटक लागु गर्ने प्रयत्न गरिएपनि विमानस्थल सुरक्षा निकायले सकेन । आफ्नो गाडी जहाजसम्म पुग्नबाट रोक्न लागिएको जानकारी दाहालले भैरहवामै पाएछन् । त्यसपछि उनका सुरक्षा प्रमुखका रुपमा खटिएका पुर्वलडाकुका कमाण्डर सन्तु दराईले नेपाल प्रहरीका आईजीपी कुवेरसिँह रानालाई फोन गरी जहाजको ढोकासम्म गाडी जानबाट रोकिनुको कारण सोधेका थिए । त्यसलगत्तै आईजीपी रानाले डीआईजी भण्डारीलाई फोन गरी दाहालको गाडी नरोक्न आदेश दिएको अन्नपुर्ण पोष्टले खबर छापेको छ ।

No comments: