Breaking News

काश्मीरमा नेपाली सैनिकको मृत्यु

२ भदौ, काठमाडौ । 'छुट्टी घर आउँदैछु, छोरीको पहिलो जन्मदिनसँगै बसेर मनाउँला' २ साताअघि रणबहादुर गुरूङले पत्नी मनकुमारीलाई टेलिफओनमा भनेका थिए । तर भारत-पाकिस्तान सीमामा भएको उग्रवादी आक्रमणमा उनको १९ साउनमा मृत्यु भयो । आगामी १८ भदौमा छोरी रिखाको पहिलो जन्मदिन परिवारसँगै मनाउने उनको चाहना पूरा भएन ।
कास्कीको ताङतिङ घर भई पोखरा फूलबारी बस्दै आएका रणबहादुर ९ वर्षअघि भारतीय गोर्खा रेजिमेन्टको 'फाइभ फाइभ जीआर'मा भर्ती भएका थिए । टेलिफोनमा उनले आफू अहिले अलि खतरानाक स्थानमा तैनाथ रहेको पत्नीलाई बताएका थिए ।
रणबहादुर र मनकुमारीको विवाह १९ मंसीर २०६८ मा भएको थियो । परिवारकै एक्लो छोरो गुमाएपछी बाबु गंगाबहादुर, आमा हाई गुभा, पत्नी मनकुमारी र छोरी रिखाको खुसी खोसिएको छ । बाबु गंगाबहादुरले भने, 'एउटै भएको छोरा पनि रहेन अब कसको मुख हेरेर चित्त बुझाउने ।'
रणबहादुरको शव स्वदेश ल्याइएन, भारतमै अन्तेष्टी गरिएको थियो । ४ दिनसम्म लडेका उनलाई २ उग्रवादी ढालेपछी गोली लागेको थियो । उनी भदौ पहलो साता छुट्टीमा घर आउने तयारीमा थिए । गत चैतमा १ महिनाको छुट्टीमा आएपछी उनी भदौ पहिलो उनी पहिलोपटक काश्मीरको भारत-पाक सीमामा खटाइएको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।

How about this Article

No comments:

Leave a Reply