Breaking News

पूर्वराजपरिवारका-सदस्यले-पनि-फोटो-खिचाए-निर्वाचनमा-भोट-हाल्ने

२ भदौ, काठमाडौ । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका लागी सात दिन म्याद थपेपछी निर्वाचन कार्यालयमा भीड बढेको छ । पूर्वराजपरिवारका सदस्यसमेतले मतदाता नामावली दर्ता गराएका छन् ।

पूर्वअधिराजकुमार स्व. धीरेन्द्र शाहका छोरीहरू पूजा राज्यलक्ष्मीदेवी शाही, सीताष्मा राज्यलक्ष्मीदेवी शाही र दिलाशा राणा दम्पतीले मतदाता नामावलीमा दर्ता गराएका हुन् । नामावली दर्ता गराउनेमा उच्चपदस्थ कर्मचारीसमेत रहेको समाचार आजको कान्तिपुर दैनिकले प्रकाशित गरेको छ ।
आयोगले भदौ १ देखी ७ गतेसम्मका लागि थपेको म्यादको पहिलो दिन शनिबार देशभर करिब पाँच हजारले नामावलीका लागि फोटो खिचाएको आयोगका प्रवक्ता वीरबहादुर राईले बताए ।

How about this Article

No comments:

Leave a Reply