Breaking News

दुई वर्षदेखि रोकीएको राहुघाटको काम अघि बढाउने सहमति

सन्दिप खत्री
म्याग्दी १८ साउन । म्याग्दीमा निर्माणधिन ३२ मेघावाट क्षमत्ताको राहुघाट जलविद्युत आयोजनाको रोकीएको काम अघि बढाउने सहमति भएको छ ।

    नेपाल विद्युत प्राधिकरण र भारतीय ठेकेदार कम्पनी आईभीआरसीएलबीच भएको वार्तामा एक हप्तापछि आयोजनाको काम अघि बढाउने सहमति भएको हो । ठेक्का सम्झौता भएर पनि क्षत्तीपुर्ती र मूल्य समायोजनाको बिवादका कारण आयोजना अन्यौलमा परेको थियो ।
    प्राधिकरण र ठेकेदार कम्पनीका प्रतीनिधिबीच बिहीबार भएको वार्तामा आयोजना अघि बढाउने सहमती भएको र नेपाल विद्युत प्राधिकरण सञ्चालन समितिको निर्णयपछि सहमती कार्यान्वयन हुने राहुघाट जलविद्युत आयोजनाका निमित्त निर्देशक बिकासमान डंगोलले बताउनुभयो ।
    ठेकेदारले काम गर्न नसक्दाको समयमा भएको ३३ करोड रुपैयाको क्षत्तीपूर्ती दावीमा लचक भएर आयोजनाको काम सुरु भएपछि ४२ महिनामा काम सम्पन्न गर्ने र पुर्व सहमति अनुसार मुल्य समायोजन गर्दै जाने सहमती भएको छ । आयोजनाका लागि ऋण सहयोग गरेको भारतीय एक्जिम बैंकले परामर्शदाता नियुक्तीमा ढिलाई गरेपछि कार्यक्षेत्रमा आएको ठेकेदार कम्पनीले काम गर्न नपाएको भन्दै क्षत्तीपूर्ती र मूल्य समायोजनको माग गरेको थियो ।

    दुई वर्षदेखि काम नभएका कारण ठेकेदार कम्पनी आईभीआरसीएलले ३३ करोड विलम्ब क्षत्तीपूर्ती दाबी गर्दै १४ करोड रुपैयाँ मूल्यवृद्धिलगायतका सर्त राखेको थियो । भारतीय पक्ष कुल ठेक्का अवधिमा पाउने २५ प्रतिशत मूल्यवृद्धिको सीमाभित्र रही १४ करोड रुपैयाँमात्र लिएर बाँकी सबै दावी रकम छाड्न सहमत भएको हो । ठेक्का सम्झौतामा निर्माण अवधि ४२ महिनाभित्र आयोजनाको लागत २५ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख छ ।

ठेकेदारले कामै सुरु नभएको देखाएर २५ प्रतिशतको सिमा हटाई जति पनि हुन सक्नै प्रावधान राख्न प्राधिकरणलाई दवाव दिदै आएको थियो । परामर्शदाताको सुझाव अनुसार प्राधिकरण मूल्यवृद्धिको प्रावधान अनुसार १४ करोड रुपैया दिन तयार भएको थियो । भारतको एक्जीम बैंकको तीन करोड ५० लाख अमेरिकी डलर सहुलियत ऋण सहयोगमा नेपाल विद्युत प्राधिकरणले ६ करोड ८० लाख अमेरीकी डलरमा निर्माण गर्ने आयोजनाको परामर्शदाता र ठेकेदार दाताकै सिफारीसमा नियुक्त भएका हुन् । 

म्याग्दीको झिँ र दग्नाम गाविसमा बाँध बाँधेर सुरुङ मार्फत राहुघाटको पानी पिप्लेको तिल्केनीचौरमा रहेको विद्युतगृहमा खसाली विद्युत उत्पादन गर्ने आयोजनाको लक्ष्य रहेको छ । ठेकेदार र प्राधिकरणबीचको वार्ता सकारात्मक भएकोमा उत्साहीत हुँदै आयोजनाका सहायक प्रशासकीय अधिकृत काशीनाथ दाहालले छिट्टैनै सिभिल निर्माणको काम सुरु गरिने बताउनुभयो ।

How about this Article

No comments:

Leave a Reply