Breaking News

शाहरूखले ‘चेन्नै एक्सप्रेस’ हेर्न नेपालीलाई आग्रह

chennai
आगामी शुक्रबार रिलिज हुन लागेको आफ्नो फिल्म ‘चेन्नै एक्सप्रेस’ हेर्नका लागी बलिउड सुपरस्टार शाहरूख खानले नेपालीहरूलाइ आग्रह गरेका छन ।


उनले नेपाललाई सम्बोधन गर्दै आफू अभिनित फिल्म ‘चेन्नै एक्सप्रेस’ हेर्नका लागी नेपाली दर्शकहरूलाई आग्रह गरेका हुन । यस फिल्मलाइ दर्शना आर्टसले नेपालमा वितरण गर्न गर्न लागेको छ ।
बलिउडको बहुप्रतिक्षित फिल्म ‘चेन्नै एक्सप्रेस’लाई नेपालमा आगामी बिहिबार भव्य समारोहका बिचमा पेज थ्री शो गर्ने बताइएको छ ।

राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा बिहिबार साँझ ६ बजे पत्रकार सहित दर्शकले पनि चेन्नै एक्सप्रेस हेर्न पाउने बताइएको छ । दर्शकले भने अतिरिक्त शुल्क तिरेमा मात्र एक दिन अगाडी फिल्म हेर्न पाउने बताइएको छ ।

त्यसैगरि बाढी पिडीतको सहयोगार्थ आउँदो आईतवार चेन्नै एक्सप्रेसको च्यारिटी शो समेत गरिने भएको छ ।  नेपालमा यो फिल्म ८० वटा पर्दामा रिलिज गरिने भएको छ ।

उक्त फिल्मको नेपाल ट्रेलर.....

How about this Article

No comments:

Leave a Reply