‘फेरी नाई नभन्नु ल’ भन्दै जीवनले गरे जानकी हलको उद्घाटन
Friday, August 2, 2013 | Posted by Unknown

बर्दिवासमा २ बर्ष पछि फेरी संचालनमा आएको
‘जानकी हल’को नायक जीवन लुइटेल र निर्देशक विकास आचार्यले उद्घाटन गरेका
छन् । करिब ४ सय सिट क्षमता भएको यो हल २ बर्ष अघि बन्द भएको थियो । तर
नेपाली सिनेमाको बजार विस्तार हुँदै गएपछि बन्द भएका हलहरु पनि खुल्न
थालेका छन् ।नायक
जीवन लुइटेलले आफूहरु चलचित्र फेरी ‘नाई नभन्नु ल’ को लोकेशन हन्टिङका
लागि बर्दिबास पुगेको जानकारी अनलाइनखबरलाई गराएका छन् । विकास आचार्यको
निर्देशनमा बन्न लागेको यो चलचित्र पूर्णतया लभस्टोरी कथामा तयार हुनेछ ।
चलचित्रमा नायक जीवन लुइटेल र बालकलाकार अनुभव रेग्मी पक्का भइसकेका छन् ।
चलचित्रको नाम ‘नाई नभन्नु ल २’, ‘फेरी
नाई नभन्नु ल’ वा ‘तिमी मेरी बन्नु ल’ मध्ये एक राखिने निर्देशक आचार्यको
भनाई छ । चलचित्र ‘नाई नभन्नु ल’ सुपरहिट भएपछि निर्देशक आचार्यले यसको
सिक्वेल बनाउने तयारी गरेका हुन् ।
How about this Article
No comments: