Breaking News

संसदमा सासंदहरुबीच नै कुटाकुट भएपछि

१९ साउन, एजेन्सी । ताइवानको संसदमा आणविक भट्टीसम्बन्धी कानुन निर्माण बारे छलफल भइरहको बेला सासंदहरुबीच नै कुटाकुट भएको छ । आणविक भट्टी निर्माणबारे संसदमा छलफल भइरहेको बेला सहमति हुन नसकेपछि सासंदहरुबीच कुटाकुट भएको हो ।

सासंदहरुबीच मुक्का हानहान हुनुका साथै पानीको बोतल र कपसमेत प्रहार गरिएको थियो । सरकारले आणविक भट्टी निमार्ण गर्ने निर्णण गरेपछि विपक्षी पार्टी डमोक्रेटिक प्रोगेसिभ असहमत भएपछि संसदमा कुटाकुट भएको हो ।विपक्षी पार्टीले सुरक्षाको विषयलाई लिएर भट्टी निर्माण गर्न नहुने बताउंदै आएको छ ।

यस विषयमा संसदमा मतदान गर्ने कार्यतालिक रहेपनि मतदान हुनुअघि नै कुटाकुट भएको हो ।

How about this Article

No comments:

Leave a Reply