Breaking News

अतिक्रमणमा परेको बन क्षेत्रलाई उपभोक्ताको जिम्मा लगाईयो

जिल्ला बन कार्यालय म्याग्दीको सक्रियतामा अतिक्रमित बन क्षेत्रबाट अतिक्रमणकारीको स्वामित्व हटाउने कार्य सुरु भएको छ । जिल्लाको पश्चिम अर्मन–५ पिपलवोट, शेराफाँट स्थित म्याग्दी नदीको किनारमा अतिक्रमीत करिब ३ हेक्टर बन क्षेत्रलाई अतिक्रमणकारिको स्वामित्वबाट हटाएर स्थानिय उपभोक्तालाई संरक्षण तथा व्यवस्थापनको जिम्मा लगाईएको छ ।
जिल्ला बन कार्यालय , शेराफाँट एकीकृत ग्रामीण विकास केन्द्र र स्थानिय सरोकारवाला उपभोत्ताहरुको पहलमा स्थानिय ५ घरधुरीले अतिक्रमण गरि उपभोग गर्दै आएको उक्त बनक्षेत्रलाई उनीहरुको स्वामित्वबाट हटाएर संरक्षण तथा व्यवस्थापनको जिम्मा स्थानिय उपभोक्तालाई नै दिएको जिल्ला बन कार्यालय म्याग्दीका रेन्जर चन्द्रमणी सापकोटाले बताउनुभयो ।
अतिक्रमणकारीले हडबेको बन क्षेत्रलाई जिल्लामै पहिलोपटक उनीहरुको स्वामित्वबाट हटाएर समुदायको स्वामित्वमा ल्याएका हौँ, रेन्जर सापकोटाले भन्नुभयो –‘जिल्लाको अन्य क्षेत्रमा पनी अतिक्रमीत बन क्षेत्रको पहिचान गरि उनीहरुको स्वामित्वबाट हटाउँदै लैजाने योजना बनाएका छौ । ’
बन ऐन अन्र्तगत खोला , बगर तथा खाली ठाउँहरु समेत बनक्षेत्रमा पर्ने भएकाले म्याग्दी नदीको किनारमा रहेको उक्त ठाउँमा २०५८ सालमा वृक्षारोपण समेत गरिएको थियो । विगत लामो समयदेखी स्थानिय ५ घरधुरीले आफ्नो अधिनमा राखेर समुदायका अन्य व्यक्तिहरुलाई प्रवेश निषेध गर्दै घाँस काट्ने, खेरा खेती गर्ने, गिटि बालुवा निकासी गर्ने गरि गैर कानुनी रुपमा उपभोग गर्दै आएका थिए ।
अतिक्रमीत बन क्षेत्र समुदायका उपभोत्ताहरुको स्वामित्वमा आएकाले केही समयपछी वृक्षारोपण गरि बनक्षेत्रको रुपमा विकास गर्ने तयारी भईरहेको शेराफाँट एकीकृत ग्रामीण विकास केन्द्रले जनाएको छ । अतिक्रमणकारिले पुन उक्त बनक्षेत्रलाई जर्वजस्ती उपभोग गरेमा कडा कानुनी कारबाही गरिने जिल्ला बन कार्यालय म्याग्दीले जनाएको छ ।

How about this Article

No comments:

Leave a Reply