श्रद्धालुको शिव मन्दिरमा घुँइचो
आज साउन महिनाको अन्तिम सोमवार । साउने सोमवारको दिन भएकाले देशभरका गलेश्वरको शिव मन्दिरमा भक्तजनको घुइचो लागेको छ । साउन महिनाको सामेवारमा व्रत बसेकाहरुका श्रद्धालुहरुले नजिकको शिव मन्दिरमा पूजाआजा गरेर व्रत समापन गर्दैर्छन् ।
साउने सोमवारको अन्तिम दिन आज घतानको गलेश्वरमा रहेको शिव मन्दिर, ब लगायत मुलुकभरका शिवालयमा पूजाआजाका लागि ब्रतालु महिलाहरुको भीड लागेको छ ।
हिन्दू नारीहरुले साउन महिनाको पहिलो सोमबारदेखि ब्रत बस्ने गर्दछन् भने महिनाको अन्तिम सोमबार शिव मन्दिरमा गएर पूजाआजा गरी आफ्नो एक महिने ब्रत समापन गर्दछन् । ब्रत बसेका ब्रतालुहरुले साउनभर हातमा हरियो चुरा र मेहेन्दी लगाउने गर्दछन् । चुरा र मेहन्दी लगाएर ब्रत बसेमा शिव खुसी भई आफुले चाहेको इच्छा पुरा हुने धार्मिक विश्वास छ । गलेश्वर शिवको मन्दिरमा पूजाआजाको लागि अन्चलका विभिन्न जिल्ला र क्षेत्रबाट भक्तजनहरुको उपस्थित रहेको थियो । साउन महिनाको सोमवार भगवान शिवको जन्म भएको हुनाले मनले चाहेको कुराहरु पुग्ने जवविश्वास रहेको छ ।

No comments: