दाना नेपालकै पहिलो पूर्ण आनीबानी परिवर्तनयुक्त गाविस बन्दै
सन्दिप खत्री
म्याग्दी २८ साउन ।
म्याग्दीको दाना गाउँ विकास समिति नेपालकै पहिलो पूर्ण आनीबानी परिवर्तनयुक्त गाविस बन्ने भएको छ । गाविस स्थित सबै घरमा पक्कि शौचालय निर्माण, प्रयोग, शुद्ध खानेपानीको पहुँच, स्वास्थ्य सेवा र व्यक्तिगत सरसफाई सम्बन्धि आधार पुरा भएपछि दाना पूर्ण आनीबानी परिवर्तनयुक्त गाविस घोषणा गरिन लागिएको जिविस अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सल्लाहकार चन्द्रभक्त बिष्टले जानकारी दिए । २०६७ साउन १ गते खुला दिसामुक्त क्षेत्र घोषित दानामा रहेका सबै चार सय ६० घर, सार्वजनीक स्थान र संघ संस्था तथा सामुदायीक भवनमा पक्कि शौचालयको व्यवस्था रहेको गाविस सचिव तिलक विकले जानकारि दिए ।
गाविसका सबै बासिन्दाको हात धुने, घरायसी पानी शुद्धिकरण बिधी, चर्पीको प्रयोग, घरयासी सरसफाई, वातावरणीय, संस्थागत सरसफाई, फोहोर विर्सजन, व्यक्तिगत सरसफाई लगायतका मापदण्ड पुरा भएपछि जिल्ला स्वच्छता समन्वय समितिको आईतबार बसेको बैठकले दानालाई आगामी ३० गते पूर्ण आनीबानी परिवर्तनयुक्त गाविस घोषणा गर्ने निर्णय गरेको छ ।
प्राबिधिक टोलीले स्थलगत अनुगमन गरेर आवश्यक सबै मापदण्ड पुरा भएको सिफारीस गरेपछि नेपालमै पहिलोपटक दानालाई सरसफाईमा नमुना गाविस घोषणा गर्न लागिएको बिष्टले जानकारी दिए ।
दानाका सबै घरमा पक्कि शौचालय र घरघरमा शुद्ध खानेपानीको सुबिधा, फोहोर थुपार्ने खाडल, भाडा सफा गरेर राख्ने चाङ निर्माण हुनुका साथै व्यक्तिगत रुपमा नियमित नङ काट्ने, नुहाउने, कपडा धुने, कपाल कोर्न, दाँत माझ्ने जस्ता मापदण्ड पनि पुरा भएको छ ।
नमुना सरसफाईयुक्त गाविस बनाउनका लागि कच्चि शौचालयलाई सुधार गरि पक्कि बनाउन तथा अन्य पुर्धाधार निर्माणमा गाविस, जिविसले प्राथमिकता दिएका थिए । पक्कि शौचालय बनाउन विपन्न समुदायकालाई प्यान, सिमेन्ट लगायत सामाग्रीहरु सहयोग गरीएको गाविस सचिव बिसीले बताउनुभयो ।
जिविस अन्तरगतको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र गाविस कार्यालयले पक्की शौचालय बनाउन एक सय ४० घरधुरीलाई प्रतिघर एक वटा प्यान र एक बोरा सिमेन्ट सहयोग गरेका थिए ।

No comments: