एमाओवादीको पहिलो चरणको गाउँ अभियानको समापन
सन्दिप खत्री साउन ३० म्याग्दी
मंसिर ४ गते घोषित दोस्रो संबिधानसभा निर्वाचनको लागि साउन १५ देखि शुरु गरेको एनेकपा मोओवादीको म्याग्दी जिल्लाको पहिलो चरणको निर्वाचन केन्द्रित अभियान बुधबार बेनीमा १ नम्वरको इलाकाको भेला गर्दै समापन भएको छ ।
केन्द्रिय समितिको बिस्तारीत बैठकको निर्णय अनुसार जिल्ला सम्मेलन आयोजक समितिको बैठक बसेर म्याग्दीका ११ स्थानमा ईलाका स्तरीय कार्यकर्ता भेला, प्रशिक्षण, अन्तरक्रिया संगै गाविस स्तरमा निर्वाचन तयारीका लागि संरचनाहरु निर्माण तथा संगठन सुदृढीकरण सुरु गरेको माओवादीले म्याग्दीका विभिन्न गाउँहरुमा अभियान सञ्चालन गरेको थियो ।
जनसम्बन्ध सुदृढ गर्ने उद्देश्यले सञ्चालन भएको निर्वाचन केन्द्रित अन्र्तगत १ इलाका तथा अभियान समापन कार्यक्रममा बोल्दै एमाओवादीका केन्द्रीय सदस्य तथा अभियानका संयोजक हरि अधिकारीले“आफ्नो पार्टी नितिगत रुपमा स्पष्ट भएकाले आगामी संविधान सभाको निर्वाचनमा पहिचान सहितको संविधान निर्माणका लागि जित सुनिश्चत भएको बताए” । उनले अगिल्लो संविधानसभा एमाले काँग्रेसले नचाहेकै कारण बन्न नसकेको बताउदै उनीहरुले २०४७ सालको संविधान चाहेको आरोप समेत लगाए ।
कार्यक्रममा बोल्दै कार्यबाहक संयोजक देवराज सुवेदीले जनताहरुको माओवादी प्रतिको विश्वास अझै पनि नटुटेकाले उनीहरुको विश्वास मर्न नदिने बताए । उनले भने पहिचान सहितको संविधान निर्माणका लागि पार्टीले महत्वपूर्ण भूमिका खेल्न छ ।
अभियानको क्रममा जनताहरुले माओवादी गाउँमा नआएको चिन्ता व्यक्त गरेको बताउदै आर्थिक विभाग प्रमुख पुष्कर विकले आफ्नो जनाधार कहि पनि नबिग्रीएकाले आसन्न निर्वाचनमा म्याग्दीमा विजय सुनिश्चत भएको दावि गरेका छन् । कार्यक्रमा चन्द्रबहादुर खाती, वाईसीएलका प्रेम गीरी, अखिल क्रान्तिकारी म्याग्दीका अध्यक्ष प्रविण खत्री, बजार कमाण्ड इन्चार्ज आइतराम परियार लगाएतले मनत्व्य व्यक्त गरेका थिए ।
यसै विच १ इलाकाको भेलाले चुनावि प्रचार प्रसारको लागि अथुङ्गे गाविसमा विनोद केसी अध्यक्ष र विरबहादुर किसान सचिव रहेको १ सय ५१ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै पुलाचौर गाविसमा सागर पौडेल अध्यक्ष र रेशम केसी सचिव रहेको ५१ सदस्यी चुनाव प्रचार प्रसार समिति गठन समेत गरेको छ । १ इलाका इन्चार्ज कुशल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत विनोद केसीले गरेका थिए भने सञ्चालन पुष्कर विकले गरेका थिए ।
प्रचार प्रसार विभाग प्रमुख सुवास विकका अनुसार पुन जिल्ला समितिको बैठक बसी दोस्रो चरणको अभियान सञ्चालन गर्ने समेत जानकारी दिए ।

No comments: