सबैको रोजाईमा सनी लियोन
पोर्न स्टारका रुपमा संसारमा आफूलाई चिनाएकी सनीले निर्देशक कैजाद गुस्तादले यसरी खुलेरै प्रशंसा गरेका हुन् । निर्देशक गुस्तादले भने– अभिनेत्री सनी लियोन आफ्नो कामप्रति समर्पित छिन् । सनी एक समर्पित कलाकार हुन् ।
सन् २००३ मा प्रदर्शित फिल्म ‘बुम’ मार्फत अभिनेत्री कैटरिना कैफलाई डेब्यु गराएका गुस्ताद हिजोआज सनीलाई लिएर फिल्म ‘ज्याकपोट’ बनाइरहेका छन् । यी निर्देशक भन्छन्, सनी कामप्रति एकदमै समर्पित पाएँ । उनीजस्तो अभितेत्रीसँग काम गर्न पाउनु सबै फिल्मकर्मीका लागि राम्रो कुरा हो ।
उनले सनी ‘हार्डवर्किङ’ गर्ने कलाकार भएको समेत बताए । गुस्तादले भने–सनी सेटमा जानुअघि निर्देशकको कुरा ध्यान दिएर सुन्ने गर्छिन् । सनीले मेरो फिल्ममा एक विश्वासघाती सुन्दरीको भूमिका गरिरहेकी छन् । सनीले गरेको भूमिका फिल्मको मुख्य सूत्रधार हो । मैले आफ्नो फिल्ममा सनीसँग काम गर्दा उनी एक तेज दिमाग भएकी महिला पाएँ ।
फिल्म ‘ज्याकपोट’ मा सनीका अलावा नसिउद्दिन शाह र सचिन जोशीको पनि मुख्य भूमिका छ । यो फिल्ममा सनीका पति डेनियल बेबर पनि अभिनयमा डेब्यु गर्दै छन् । एजेन्सी

No comments: