एकीकृत माओवादीको नेतृत्वमा नयाँ राष्ट्रिय एकीकरण :प्रचण्ड
Thursday, August 29, 2013 | Posted by Unknown
१३ भदौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले विभिन्न दलहरुबाट एकीकृत माओवादीमा प्रवेशको लहरले नयाँ राष्ट्रिय एकता भईरहेको बताउनु भएको छ । बिहिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो, \'तराईदेखि हिमालसम्म, पूर्व मेचीदेखि पश्चिम कन्चनपुरसम्मका व्यक्तित्वहरुको प्रवेशले राष्ट्रिय एकताको संकेत गरेको छ, त्यसको नेतृत्व एकीकृत माओवादीले गर्दैछ ।\' उहाँले नयाँ राष्ट्रको जिम्मा एकीकृत नेकपा माओवादीको काँधमा आएको बताउनु भयो ।
एकीकृत माओवादीको सपना शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण गर्नु रहेको उहाँको भनाई रहेको थियो । उक्त कार्यक्रममा नेकपा एमाले गुल्मी जिल्लाका पुराना कम्युनिस्ट नेता पूर्णबहादुर रानासहितका दर्जनौ नेता तथा कार्यकर्ता एकीकृत माओवादीमा प्रवेश गरेका थिए । त्यसैगरी कञ्चनपुर जिल्लाका शिवसेना नेपालमा आवद्ध झण्डै २ सय नेता तथा कार्यकर्ता एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
How about this Article
No comments: