साफ च्याम्पियनसीपको सम्पूर्ण तयारी पूरा
१३ भदौ । पर्सीदेखि दशरथ रंगशालामा हुने साफ च्याम्पियनको लागि नेपालले सम्पूर्ण तयारी पूरा गरेको छ ।
सागर थापाको कप्तानीमा बीस सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको नेपालले खेलाडीहरुको बन्द प्रशिक्षण भने जारी राखेको छ । भोलिसम्म नै सबै खेलाडीलाई बन्द प्रशिक्षणमा राखिने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
त्यस्तै, रंगशालाको तयारी पनि पूरा भएको एन्फाले जनाएको छ । प्रतियोगिताका पन्ध्र खेलमध्ये दश खेल रंगशालामा हुने छन् भने पाँच खेल हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने छन् ।

No comments: