चेन्नई एक्स्प्रेस’को ज्वरोले को–को सुते
तर, चेन्नइ एक्स्प्रेसका कारण नेपाली सिनेकर्मीलाई भने ज्वरो आएको छ । नेपाली सिनेमाले बजार तताउन नसकेको बेला 'चेन्नई एक्स्प्रेस'ले नसोचको व्यापार गरेपछि चलचित्र निर्माता, निर्देशक र बजार व्यवस्थापक विदेशी सिनेमाको विरोधमा छन् । गोपिकृष्ण सिनेमा हलका उद्धव पौडेललगायतका केही सिनेमा व्यवसायी रिलिजपूर्व नै 'चेन्नई एक्स्प्रेस'को विरोधमा उत्रिएका थिए ।
एकैदिनमा नेपालमै लाखौको व्यापार गरेपछि विरोध बढेको हो । चलचित्र निर्माता केपी पाठक भन्छन्, 'अधिकांश मुख्य-मुख्य हलमा विदेशी चलचित्र प्रदर्शन भइरहँदा नेपाली चलचित्रका निर्माताहरू फिल्म चलाउने हल नपाएर धाई रहँदा तिमीहरू कुन दुलोबाट चिहाइ रहेका छौ ।’ शाहरूखको उक्त चलचित्रपछि नेपाली सिनेमाकर्मीको धेरै आक्रोश बढेको छ । यसैक्रममा निर्देशक र निर्माताबीच कटाक्षसमेत सुरु भएको छ । निर्देशक निष्चल बस्नेत थप्छन्‘ कृपया विदेशी फिल्म बन्द गर्नुपर्छ भन्ने नारा नलगाउनुहोला ।’ बस्नेत चलचित्र लूटका निर्देशक हुन् ।
चेन्नई एक्स्प्रेसको ह्याङ्गओभर अहिले धेरैमा छ । निर्माता प्रदीप उदयको गुनासो यस्तो छ, ‘करिव ५ बर्षदेखि निरन्तर मैले नेपाली चलचित्र मात्र प्रर्दशन, वितरण र निर्माण गरे तर अचम्म केही नेपाली चलचित्र क्षेत्रका व्यक्तिहरूले मलाई कहिले नेपाली चलचित्र पक्षधर ठानेनन् । ’ घाटाको व्यापार गरिरहेको नेपाली चलचित्र एक हप्ता नहुँदै हलबाट उत्रिन्छ । आपसी होडबाजी र गुणस्तरीय चलचित्र नबन्दा दर्शक हलसम्म पुग्न सकेका छैनन् । त्यसको आलोचना मिडिया र सामाजिक सञ्जालमा व्याप्त छ । त्यही पीडा छ निर्देशक मेघराज रसाइलीको, ‘परिवारले हेर्नै नसकिने नेपाली फिल्म बनाए भनि वाहियात कुरा गरेर कलाकारको अपमान गर्छन मान्छेहरू ।

No comments: