Breaking News

मतदाता नामावलीका लागि ७ दिनको समय थप

३२ साउन, काठमाडौं । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ताका लागि सात दिनको समय दिएको छ । मतदाता सुचीमा नामा दर्ता गर्नका लागि धेरै व्यक्ति छुटेको भन्दै मधेसी जनअधिकार फोरम, संघीय समाजवादी लगायतका राजनीतिक दलको आग्रहमा आयोगले विहीबार एक साताको म्याद थप गर्ने निर्णय गरेको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
निर्वाचन आयोगले यसअघि असार मसान्तसम्मको समय दिएको थियो । उच्चस्तरिय राजनीतिक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि आयोगका प्रमुख आयुक्त निलकण्ठ उप्रतिलाई पनि पटक पटक म्याद थप गर्न आग्रह गरेका थिए । आयोगका प्रवक्ता राईले जारी गरेको विज्ञप्तिमा भदौ १ गतेदेखि ७ गतेसम्म ७५ वटै जिल्लाका निर्वाचन कार्यालयमा फोटो सहितको मतदाता नामावली दर्ताका लागि समय थप गरिएको उल्लेख छ । तर उच्चस्तरीय राजनीतिक समिति र संघीय समाजवादी मोर्चाबीच भएको सहमतिमा सकेसम्म दुइसाता समय थप गर्न आग्रह गर्ने उल्लेख छ ।

How about this Article

No comments:

Leave a Reply