Breaking News

दार्जलिङमा तनाव, ज्यान दिएर पनि गोर्खाल्याण्ड ल्याउने तयारी

tension in darjeeling२१ साउन,काठमाडौ । नेपाली मुलको बाहुल्यता रहेको दार्जलिङमा तनाव बढ्दै जान थालेको छ ।

आइतवार गोर्खा जनमुक्ति मोर्चाले अन्तिम संघर्ष भन्दै जारी आन्दोलनलाई अझ तेज पार्ने निर्णय गरेको छ ।गोर्खा जनमुक्ति मोर्चाले प्रमुख बिमल गुरुङले एक विशाल सभालाई सम्वोधन गर्दै गोर्खाल्याण्ड आन्दोलन घोषणा गरेका हुन्।

गोर्खाल्याण्डको लागी अवको आन्दोलनलाई अन्तिम संघर्ष भन्दै गुरुङले पश्चिम बंगाल सरकारले जारी आन्दोलन दबाउन बल प्रयोग गर्न सक्ने बताए ।'तर हामी गोर्खल्याण्ड प्राप्त गरि छाड्छौ हाम्रो ज्यान नै दिएर किन नहोस' गुरुङले भने ।

आन्दोलन अहिंसात्मक र लोकतान्त्रिक हुने भन्दै गुरुङले राज्यले सुरक्षाकर्मी पठाएर दमन गर्ने बताए।
उनले हाँसी हाँसी गोर्खाल्याण्ड भन्दै ज्यान दिने भन्दा सभामा ठुलो होहल्ला सहित तालीको गडगडाहट सुनिएको थियो।भर्खरै युपिए सरकारले आन्ध्रप्रदेशबाट तेलंगना राज्य बनाएपछि गोर्खाल्याण्ड चैं किन नहुने भन्दै दार्जलिंगेहरु सडमा उत्रिएका छन् ।

How about this Article

No comments:

Leave a Reply