तीनदिनसम्म देशभर भारी बर्षा हुने
२१ साउन, काठमाडौं ।मनसुन सक्रिय पार्ने प्रणाली नेपालतर्फ नजिकिँदै गएकाले मंगलबारदेखि तीनदिन भारी बर्षा हुने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
“मनसुन सक्रिय पार्ने न्युनचापीय क्षेत्र दिल्ली र लखनउ बीचमा छ, यो एकतासम्म त्यही रहने पक्का छ,” महाशाखाका मौसमविद् शिव नेपालले भने,“यसले देशभर भारी बर्षा गराउन सक्छ ।”न्युन चापीय क्षेत्र धेरै नजिक रहेको र त्यसले बादल समेट्ने क्रम जारी रहेकाले तीनदिन भारी बर्षा हुनसक्ने उनले जनाए । उनका अनुसार न्यनुचापीय क्षेत्रले बादललाई समेटेर राख्छ । त्यही क्षेत्रको लाईन र वरपर बादल वसिकेको हुन्छ ।
यो रेखा जति नजिक भयो, नेपालमा त्यति धेरै पानी पर्छ ।महाशाखा प्रमुख सुमन कुमार रेग्मीले ठुलो मनुसुन प्रणाली सक्रिय नभएकाले केही दिनयता क्षणिक, भारी र केही स्थानमा बर्षा भईरहेको जनाएको नागरिक दैनिकले खबर छापेको छ ।

No comments: