Breaking News

म्याग्दी, वेनीमा तिज महोत्सवको आयोजना

बेनी सिटी डट कम ·

नेपाली महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीजको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान म्याग्दीले वेनीमा तिज महोत्सवको आयोजना गरेको छ ।

स्थानिय कला संस्कृतिको जगेर्ना गर्दै राष्ट्रिय कलाकारहरुलाई जिल्लामै ल्याएर सांगीतीक मनोरञ्जन प्रदान गर्ने उद्देश्यले दुई दिने तीज महोत्सव आयोजना गरेको कार्यक्रम संयोजक अमर खत्रीले जानकारी दिनुभयो । शनिवार देखी सुरु भएको महोत्सवमा खुला तीज गित प्रतियोगीताको साथमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विषेश सांगीतिक प्रस्तुतीहरु भईरहेको छ ।

खुलामञ्चमा दुई दिन सम्म संचालन हुने उक्त कार्यक्रमको पहिलो दिन गायीका कल्पना काफ्ले, ज्वती लोहनी, भुमीका शाह शंकर लगायत स्थानिय कलाकारहरुले आफ्नो सांगीतीक प्रस्तुतीहरु राखेका छन् भने आईतवार चर्चित लोकदोहोरी गाएक विष्णु खत्री, गायीका जुना श्रीस, सरिता कार्की, लगायतका कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ । महोत्सवको शनिवार भुतपुर्व राष्ट्रिय पञ्चायत सदस्य बलमान पुनले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पुन, सहायक प्रमुख जिल्ला अधिकारी तुलसीराम भण्डारी, स्थानिय विकास अधिकारी विष्णु प्रसाद शर्माले म्याग्दी लोकसंस्कृतिमा धनी जिल्ला भएकाले तीज महोत्सवले लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने र हराउन लागेका संस्कृतिहरुको जगेर्ना गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष सुरत केसी, म्याग्दी उद्योग बाणीज्य संघका अध्यक्ष कुविर कुमार श्रेष्ठ, प्रतिष्ठानका सल्लाहकार जिवन कुमार विश्वकर्मा, महिला उद्यम विकास समितिका अध्यक्ष सृजना श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीका होमलाल पुन लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।





How about this Article

No comments:

Leave a Reply