कर्मचारीहरुबीच हाँजीरीजवाफ प्रतियोगिता
म्याग्दी २१ भदौ । एकिकृत नेकपा माओवादी निकट टे«ड युनियन नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति म्याग्दीको आयोजनामा शुक्रबार बेनीमा धौलागिरी अञ्चल स्तरीय राष्ट्रसेवक कर्मचारीबीच खुल्ला हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
म्याग्दी, बागलुङ र पर्वत जिल्लाका निजामती कर्मचारीहरुको ११ समूह सहभागि प्रतियोगितामा जिल्ला पशु सेवा कार्यालय म्याग्दीका मुक्ति पौडेलले नेतृत्व गर्नुभएको समूह प्रथम भएको छ । लोक सेवा आयोगको अञ्चल कार्यालय बागलुङकी निमा चापागाईले नेतृत्व गर्नुभएको र कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङका प्रकाश सुवेदीले नेतृत्व गर्नुभएको टोलीले समान अंक प्राप्त गरि दितृय भएको थियो ।
यसैगरी जिल्ला विकास समिति म्याग्दीका कुलप्रसाद आचार्यले नेतृत्व गर्नुभएको टोलीले तितृय स्थान हाँसील गरेको छ । एक टोलीमा तिन जनाका दरले सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, दितृय र तितृय हुनेले क्रमश नगद १५ हजार, सात हजार पाँच सय र पाँच हजार रुपैयाका दरले नगद पुरस्कार र प्रमाणपत्रले सम्मानीत भएका थिए ।
कार्यक्रममा बोल्दै सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम भण्डारी, स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्मा र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय निकायका केन्द्रिय अध्यक्ष उमानाथ पौडेलले निजामति कर्मचारीहरुको क्षमत्ता अभिवृद्धीका लागि रचनात्मक कार्यक्रमहरु आवश्यक रहेको बताउनुभयो । उहाँहरुले टे«ड युनियनहरुले गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकता दिदै क्षमत्ता अभिवृद्धीका लागि पनि भुमिका निर्वाह गर्न सक्ने बिचार व्यक्त गर्नुभयो ।
निजामती सेवा दिवस २०७०को अवसरमा आयोजित सो कार्यक्रममा हालै स्थानीय विकास अवार्डबाट सम्मानीत हुनुभएका म्याग्दीका स्थानीय विकास अधिकारी बिष्णुप्रसाद शर्मा र २०६८ सालमा पहिलो पटक निजामती कर्मचारीको तर्फबाट सगरमाथा आरोहण गर्नुभएका सहायक प्रजित तुल्सीराम भण्डारीलाई संगठनले सम्मान गरेको थियो । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती जिल्ला समिति म्याग्दीका अध्यक्ष तारानाथ सुवेदीको अध्यक्षता, सचिव रामबहादुर नेपालीको सञ्चालन र कोषाध्यक्ष भिमबहादुर खड्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments: