Breaking News

विनिताको बिहे!


 चलचित्र हिट भए पनि फ्लप भए पनि विनिता बराल सधैँ चर्चामा। उनको गजब र फरक अभिव्यक्ति पनि चर्चाका लागि कारण बन्दै आइरहेका छन्।
उनी त्योभन्दा अगाडि कहाँ के गरेर लुकेर बसेकी थिइन्? सबै अनविज्ञ थिए तर चलचित्र 'चपली हाइट'बाट एक्कासि उनले आफ्नो यस्तो हाइट बनाइन् कि सबै विनिताको प्रशंसा नगरीकन बस्न सकेनन्। रातारात चर्चा र नाम बटुल्न सफल यिनै विनितालाई फेरि अर्को चलचित्र 'फुलस्टप'ले गुमनाम नै बनाइदियो केही समय। चपली हाइटबाट 'हाइट'मा पुगेकी विनिता 'फुलस्टप'बाट गुमनाम भएपछि उनी सेलाइन् केही समय चलचित्र बजारबाट। तर, अहिले केही समययता फेरि उनी चर्चामा आइरहेकी छिन्।  
यसपटक विनिता चर्चामा आउनुको कारण भने कुनै चलचित्र हिट वा फ्लप नभएर एउटा सिनेमाका निर्देशकसँगको कारण हो। ती निर्देशकसँग सुटिङस्टपमा कुनै क्रियाकलापका कारण या पे्रमसँग पनि होइन। विवाहको कारण बन्न पुगेको छ। चलचित्र हो सुपरहिट र निर्देशक हुन् निरञ्जन पाडे। विनिताको प्रमुख भूमिका रहेको चलचित्र सुपरहिटका यिनै निर्देशकसँग विनिताले लगनगाँठो कसिन् भन्ने चर्चा–परिचर्चा गरम भइरहेको समयमा यो पङ्क्तिकारले पनि विनितालाई सोध्यो– कुरा के हो? विनिताले पनि खुलस्त 'होइन' भन्न सकिनन् र निकै कूटनीतिक पाराले टार्ने खालको जवाफ दिइन्। उनले भनिन्, 'धेरैले सोधे अनि धेरैलाई मैले जवाफ पनि दिइनँ। चर्चा धेरै होस् भनेर मैले नो कमेन्ट भनेकी छु' यही नै थियो उनको जवाफ। 
सिनेमा क्षेत्रमा लभ पर्योै रे भन्ने समाचार आउँदा त आत्तिने संस्कार भएको क्षेत्रमा विवाह नै भयो भन्ने गाइँगुइँ चल्दा पनि विनिताले कुनै बलियो जवाफ वा इन्कारलाई प्रस्तुत गर्न नसक्नुले 'दाल मे कुछ काला है' भन्दा फरक नपर्ने भएको छ। उनले यस्तो हल्ला गलत र खराब भएको अभिव्यक्ति नै दिइनन्। उनले यति मात्र भनिन्, 'म कुनै न कुनै कारण चर्चामा आइरहन्थँे, यो पनि चर्चामा आउने कुरा हो कि?' यति मात्र जवाफ दिएर पन्छिएकी विनिताले चलचित्र सुपरहिटमा निर्देशकसँग विवाह गरेको कुरा सही हो भन्न पनि किन सकिन्छ भने यो चलचित्रको सम्पूर्ण रेखदेख र जानकारी उनले नै राख्ने गरेकी छिन्। डिजाइनदेखि प्रचारप्रसारसम्मको सम्पूर्ण आइडिया बोकेर हिँडेकी विनिताले आफू र सुपरहिट चलचित्रका निर्देशकसँगको विवाहको कुरा वा प्रसङ्गलाई सहजै लिनु र उत्तेजक अभिव्यक्ति नदिनुले हल्ला झुटो होइन कि भन्ने अवस्था भने छ।

How about this Article

No comments:

Leave a Reply