Breaking News

चीनमा उच्चगतिको आर्थिक वृद्धि सम्भवतः अन्त्य : राष्ट्रपति सी

चीन । चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार विश्वको दोस्रो सबैभन्दा ठूलो अर्थतन्त्रको उच्चगतिको आर्थिक वृद्धि सम्भवतः अन्त्य भएको धारणा व्यक्त गर्नुभएको छ । धेरै अर्थशास्त्रीहरूले चीनको यसै अर्थतन्त्रका आधारमा विश्वको अर्थतन्त्र अभिप्रेरित भइरहेको धारणा राखेका छन् ।
दक्षिणी द्वीप हाइनानमा जम्मा भएका विदेशी करिब दुई दर्जन व्यापारीलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनले उच्चगतिको आर्थिक वृद्धि थेग्न नसक्ने र त्यो चीनले चाहेको कुरा पनि नभएको बताउनुभयो ।
उहाँले चीनको अर्थतन्त्र राम्रो अवस्थामा रहेकाले तुलनात्मक रूपमा उच्च आर्थिक वृद्धि अझै कायम हुने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।
चीनले आफ्नो अर्थतन्त्र खुला बनाएपछि औसत रूपमा ९.९ प्रतिशतको वार्षिक वृद्धिदर प्राप्त गरेको छ । राष्ट्रपति सीले यस प्रकारको आर्थिक वृद्धि विश्वको आर्थिक इतिहासमा कमै देखिने गरिएको बताउनुभयो ।
उहाँले शहरीकरण, औद्योगीकरण, तथा कृषिको आधुनिकीकरणले भविष्यमा पनि अर्थतन्त्रमा वृद्धि हुने आशा कायम रहेको बताउनुभयो ।
सी गत महिना चीनको राष्ट्रपति बन्नुभएको हो । उहाँ राजनीतिक तथा आर्थिक नेताहरूको वार्षिक भेला एसियाका लागि बोआओ मञ्चमा बोल्दै हुनुहुन्थ्यो ।
भेलाको समयमा पेप्सीकोका अध्यक्ष जेइन अब्दालाले विदेशी लगानीकर्ताले लगानी गर्ने प्रकारमा बढ्दो प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।
राष्ट्रपति सीले चीनले विदेशी लगानी कम्पनीको कानुनी अधिकार तथा अभिरुचिलाई चीनले संरक्षण गर्ने बताउनुभयो । उहाँले उनीहरूको सरकारी खरिद तथा स्वतन्त्र खोजीका लागि समान सहभागिताको अधिकार सुनिश्चित गरिने पनि उल्लेख गर्नुभयो ।
उहाँले चीनले वाह्य विश्वलाई आफ्नो ढोका खुला गरेको र त्यो अब बन्द नहुने बताउनुभयो । उहाँले अन्य मुलुकले पनि चिनियाँ लगानीकर्ताका लागि आफ्नो ढोका खोल्ने आशा व्यक्त गर्नुभयो ।
चीनको ठूलो व्यापार फाइदाका कारण ऊसँग विश्वको सबैभन्दा ठूलो विदेशी मुद्रा सञ्चिति रहेको अनुमान गरिएको छ ।
सन् २०१२ मा चीनको घरेलु उत्पादन ७.८ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१३ का लागि यस मुलुकले यसको प्रतिशत ७.५ हुने अपेक्षा गरेको छ ।
राष्ट्रपति सीले चीनले आर्थिक वृद्धिको गतिलाई रोकी वृद्धिको शैलीमा दू्रत रूपमा परिवर्तन गर्न प्रयास गरेकाले यस्तो अवस्था आएको बताउनुभयो । उहाँले चीनले अब आफ्नो विकासलाई गुणात्मकता तथा प्रभावकारिताका आधारमा हेर्ने उल्लेख गर्नुभयो ।
चिनियाँ नेताहरूले उनीहरूको आर्थिक शैलीलाई लगानी तथा निर्यातमा भन्दा पनि उपभोक्ताको मागमा आधारित बनाउन प्रयास गर्ने बताएका छन् ।
सन् २००१ देखि बोआओ मञ्चले एसिया तथा अन्य क्षेत्रका सरकार, व्यापारिक समुदाय तथा वौद्धिक नेताहरूको भेला गराउँदै आएको छ । एएफपी

How about this Article

No comments:

Leave a Reply