मोर्चाको अस्तित्व काम छैन : संयोजक गुप्ता
वीरगन्ज
(पर्सा), चैत २७ - तराई मधेस राष्ट्रिय अभियानका संयोजक जयप्रकाश गुप्ताले
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको औचित्य अब समाप्त भइसकेको जिकिर
गरेका छन् ।
मधेसी पत्रकार समाज पर्साले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता प्राप्तिका लागि बनाइएको सो मोर्चाको अब कुनै औचित्य नरहेको र त्यसको अर्थ पनि नभएको बताए ।
आफू पनि सो मोर्चाको संस्थापक सदस्य रहेको बताउँदै उनले मोर्चा विघटन भइसकेका कारण नयाँ रुपबाट अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
तत्काल नेपालमा चुनाव हुने स्थिति नभएको दाबी गर्दै उनले वर्तमान सरकारलाई काम गर्न दिनुपर्नेमा जोड दिए ।
चारवटा राजनीतिक शक्तिको संयन्त्र तत्काल विघटन गर्नुपर्नेमा जोड दिँदै उनले सो संयन्त्र रहेसम्म सरकार स्वतन्त्र हुन नसक्ने र यसले निष्पक्ष चुनाव पनि गर्न नसक्ने धारणा राखे । रासस

No comments: