Breaking News

प्रहरीले तिवारीको अनसन बिथोले

मिथिलेश यादव, लहान, चैत २७ - भ्रष्टाचार विरोधी भोक हडतालको १२ औँ दिन सद्भावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीलाई सादा पोसाकका प्रहरीले अनसनस्थलबाटै उठाएका छन्। 

राति १०:३० बजेको समयमा सहयोगीहरु खान खान गएको मौका छोपी सादा पोसाकका प्रहरीले अनसनस्थल शिव मन्दिरमा टाँगिएको त्रिपाल च्यातचुत पार्दै तिवारीलाई उठाएर लगेको हो।
तिवारीलाई प्रहरीले उठाएर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिदिएको छ। तिवारीले टोलिफोनमा भने,‘राती अनसनस्थलमा आराम गरिरहेको बेला मुख छोपेर सादा पोसाकमा आएका प्रहरीले बलजफ्ती गाडीमा चढाएर लगे।'जान नमान्दा दुवैतिरबाट प्रहरीहरुले हात उचालेर गाडीमा राखेका उनले सुनाए।
'अस्पतालमा आएर छाडिदिए। 'स्लाइन पानी चढिरहेको छ।प्रहरी निगरानीमा मलाई पानी चढाइरहेको अवस्था छ, उनले टोलिफोनमा भने।
जिल्ला विकास समिति राजविराजमा पेश्की रकममा भएको भ्रष्टाचार उच्चस्तरीय छानिविन समितिबाट हुनुपर्ने, विकासीय कार्यालयको आयव्यय सार्वजनिक हुनुपर्ने लगायतका १० बुँदे माग राख्दै तिवारीले भोक हडताल सुरु गरेको थिए। 
प्रमुख जिल्ला अधिकार हरिराज पन्त सहितको प्रशासनिक टोलीले नभए मन्त्रिपरिषद् वा सचिवस्तरीय टोलीले मागको सुनुवाइमा प्रतिवद्धता जनाए मात्रै भोक हडताल तोड्ने तिवारीको अडान थियो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख सञ्जयसिंह बस्नेतलाई पटक-पटक सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

How about this Article

No comments:

Leave a Reply