Breaking News

समायोजित पूर्ण बजेट ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख, चूनावका लागि १४ अर्ब

काठमाडौं ,२७ चैत। सरकारले आर्थिक वर्ष २०६९/७० का लागि समायोजित पूर्ण बजेट ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाखको बजेट ल्याएको छ ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले असारमा चुनाव हुन नसक्ने बताइरहँदा सरकारले चुनावलाई उच्च प्राथमिकता दिंदै यसअघिका दुर्इ पुरक बजेटलाइ समेटेर समायोजित पूर्ण बजेट ल्याएको हो ।
सरकारले निर्वाचन  लागि आयोगका लागि ६ अर्ब, निर्वाचन सुरक्षाका लागि ८ अर्ब गरी चूनावका लागि १४ अर्ब रकम विनियोजन गरेको छ । यस्तै एक औद्योगिक क्षेत्र थपिने भएको छ । २५ वर्षदेखि औद्योगिक क्षेत्र थपिन सकेको थिएन ।
लोडेसडिङ घटाउन तथा विराटनगर र हेटौंडाको मल्टिफूल्य अपधिकतम रुपमा सञ्चालन गरिने भएको छ ।
राजनीतिक दलहरुवीच सहमति बन्न नसक्दा चालू आर्थिक बर्षका लागि यसअघि नै दुईपटक पुरक बजेट ल्याइसकिएको थियो ।
यसअघि राष्ट्रपति डा. रामवरणा यादवले विनियोजन अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्रिय उठाउने अध्यादेश स्वीकृत गर्नु भएको थियो ।

How about this Article

No comments:

Leave a Reply