Breaking News

'यथास्थितीमा मरेपनि निर्वाचन हुन नदिने

१२ वैशाख, काठमाडौ । नेकपा-माओवादीको केन्द्रीय समितिको विस्तारित बैठकले वर्तमान अवस्थामा संविधानसभाको निर्वाचनमा भाग नलिने आफ्नो निर्णयलाई टसको मस नगर्ने भएको छ । 
गत मङ्गलबारबाट सुरू भएको केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यले पुरानै निर्णयलाई कार्यान्वयन गर्नु पर्ने बताएपछी पार्टी आफ्नो पूर्व निर्णयबाट पछी नहट्ने भएको हो । ५१ सदस्यीय केन्द्रिय समितिबाट १ सय ५१ सदस्यीय केन्द्रिय समिति निर्माण भएपछी बसेको बैठकले वर्तमान सरकार गठन प्रक्रिया असंवैधानिक भएको निष्कर्ष निकाल्दै वर्तमान सरकारले गराउने निर्वाचनमा भाग लिन नहुने निर्णय गरेको हो । 
बैठकपछि माओवादी प्रवक्ता पम्फा भुसालले वर्तमान सरकारलाई विघटन गरी दलको नेतृत्वमा राष्ट्रिय संयुक्त सरकार गठन गर्नका लागि आन्दोलनलाई थप सशक्त बनाउने निर्णय बैठकले गरेको जानकारी दिइन् । 
आजको बैठकमा महासचिव रामबहादुर थापा र सल्लाहकार समितिका अध्यक्ष कृष्णदास श्रेष्ठले अध्यक्ष वैद्यद्दारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि समर्थन जनाएको जानकारी दिइन् । उनीहरूले राष्ट्रवादीको मोर्चा बनाएर लैजानुपर्ने धारणा राखेका थिए ।
बैठकले अध्यक्षको प्रतिवेदनलाई केही सुझावसहित सर्वसम्मत ढङ्गले पारित गरेको बताइएको छ । निर्वाचन प्रक्रिया अगाडि बढाउन सरकारले मतदाता नामावली सङ्कलनलाई अगाडि बढाउने र नागरिकता वितरण गर्ने प्रक्रियालाई पनि बिथोल्ने निर्णय माओवादीले गरेको छ । त्यस्तै गाउँदेखि केन्द्रसम्म सङ्गठनलाई सुदृढीकरण गर्ने बैठकले निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय स्वाधीनताको विषयलाई केन्द्रविन्दुमा राखेर आन्दोलन चर्काउने र गत चैत १ गते जारी २५ बुँदे बाधाअड्काउ फुकाउ खारेज नभएसम्म सरकारसँग वार्ता नगर्ने पूर्व निर्णयलाई यथावत् राख्ने निर्णय गरेको छ ।

How about this Article

No comments:

Leave a Reply