मनमोहन अधिकारीको १४ औं स्मृति दिवस मनाइँदै
नेकपा एमालेले आज बिहान साढे आठ बजे सानेपामा रहेको मनमोहन स्मृति प्रतिष्ठानमा चियापान कार्यक्रमको आयोजना गर्देछ । यस अवसरमा एमाले अध्यक्ष झलनाथ खनाललगायतका नेताहरुले सानेपामा रहेको अधिकारीको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम छ ।
२०५६ साल वैशाख १३ गते आजकै दिन मनमोहन अधिकारीको निधन भएको थियो । वृद्धवृद्धालाई भत्ता दिनेलगायत उहाँको ९ महिने कार्यकालमा गरिएका कामको अहिले पनि प्रशंसा हुने गरेको छ ।

No comments: