Breaking News

चुनाबको तयारीबारे रेग्मी र आयोगवीच छलफल

काठमाडौ, बैशाख १३ – चुनावको तयारीबारे सरकार र निर्वाचन आयोगबीच छलफल भएको छ । 

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र आयोगका पदाधिकारीबीच शुक्रबार बिहान भएको भेटवार्तामा चुनावको लागि अहिलेसम्म भएका तयारीबारे छलफल भएको हो ।

बालुवाटारमा भएको भेटमा अध्यक्ष रेग्मीले चुनावको तयारीलाई निरन्तरता र तिव्रता दिन आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आवश्यक तयारी पूरा गरेर छिटो मिति तय गर्नुपर्ने भएकाले त्यही अनुसार काम गर्न रेग्मीले निर्देशन दिनुभएको उहाँका प्रेस सल्लाहकार बिमल गौतमले उज्यालोलाई जानकारी दिनुभयो ।

भेटवार्तामा निर्वाचन सम्बन्धि कानुन छिटो ल्याउने विषयमा पनि छलफल भएको छ । अध्यक्ष रेग्मीको सरकारी निवासमा भएको भेटमा प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती लगायत आयोग पदाधिकारी सहभागी थिए

How about this Article

No comments:

Leave a Reply