Breaking News

सम्बन्ध सुदृढ बनाउन प्रचण्डको भारत भ्रमण आजबाट

Prachanda one१४ बैशाख, काठमाडौ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणका लागी आज त्यसतर्फ प्रस्थान गर्दैछन् । 
नेपालको सिमा जोडिएका दुई देश चीन र भारतसँगको सम्बन्धलाई सुदृढ बनाउने उदेश्यका साथ आफुले चीन भ्रमण गरेको र अब भारत भ्रमण गर्न लागेको प्रचण्डले विभीन्न कार्यक्रममा बताइरहेका छन् । प्रचण्डले चीन जस्तै भारत भ्रमणमा पनि आर्थिक मुद्धालाई नै छलफलको मुख्य केन्द्र बिन्दु बनाइने प्रचण्डको भनाई छ । 
उनले तीन दिने भ्रमणका क्रममा भारतका प्रधानमन्त्री मनमोहन सिंह, विदेशमन्त्री सलमान खुर्सिद, कम्युनिष्ट पार्टीका नेताहरूसँग भेट गर्ने कार्यक्रम छ । भने कांग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेट हुने नहुने बारे केही उल्लेख गरिएको छ। सञ्चारमाध्यममा अध्यक्ष सोनिया गान्धीले प्रचण्डलाई भेट नदिने सम्भावना बढी रहेको बताइएको छ । 
अध्यक्ष दाहालका साथमा पत्नी सीता दाहाल, पार्टीका पूर्व विदेश विभाग प्रमुख कृष्णबहादुर महरा तथा सहयोगी शिव खकुरेल रहने दाहालको नीजि सचिवालयले जनाएको छ । 
अध्यक्ष दाहालले भारत भ्रमणपूर्व शुक्रबार राष्ट्रपति र चुनावी मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेट गरि आफ्नो भ्रमणका बारे जानकारि गराएका थिए ।

How about this Article

No comments:

Leave a Reply