२५ करोड पाउने लोभमा आफ्नै हात काटे दुई युवाले
नाम नखुलाइएका ती युवाले इन्सुरेन्सको २५ करोड पाउनकै लागी आफ्नो हात जानाजान काटेको थाहा पाएपछी इन्सुरेन्स कम्पनीले समेत इन्सुरेन्सको रकम दिन अस्विकार गरेपछी ती युवा रणभुल्लमा परेका छन् । रकम पाउनकै लागी हात नै काटेका ती युवाले हात गुमेको अवस्थामा रकम समेत नआउने भएपछी 'घरको न घाटको' हुने भएका हुन् ।
एक युवाले आफ्नो हात काठ काट्ने मेसिनले काटेर कार दुर्घटना परी उक्त हात गुमेको बताउँदै विभिन्न ११ वटा इन्सुरेन्स कम्पनीमार्फत २५ करोड बराबरको रकम दावी गर्दै पुगेका थिए । तर, उनको हातबारे जाँच गर्दा उनको हात कार दुर्घटनामा परी गुमेको नभइ आफैले काटेको प्रमाण भेटिएपछी इन्सुरेन्स कम्पनीहरूले रकमको दावीलाई पुरा गर्न नसक्ने बताएका छन् । जाँचमा ती युवाले आफनो हात काठ काट्ने मेसिनले काटेको प्रष्ट भएको बताइएको छ । कार दुर्घटनामा परेर हात काटिँदा मेसिनले काटेको जस्तो गरी सफासँग हात नकाटिने जाँचकर्ताले जनाएका छन् ।
यस्तै, अर्का युवाले पनि यस्तै नाटक गर्दै रकम हात पार्ने दाऊ गरेका थिए । उनले भने इलेक्ट्रिक मेसिनले दुर्घटना भई आफ्नो हात काटेको बताएका थिए । तर उनको हात पनि आफैले काटेको भेटिएपछी इन्सुरेन्स कम्पनीले रकम दिन अस्विकार गरेका छन् ।
२५ करोडको लोभमा गरिएको यस्तो बहुलठ्ठीपूर्ण कार्यले आफैलाई दु:ख त भयो भयो न घरको न घाटको समेत बनाउन पुग्यो । न त पैसा न हात भएपछी अब काम गरेर खाने बाटो समेत गुमेको छ ।

No comments: