Breaking News

सरकारले आजै निर्वाचनको मिति घोषणा गर्ने ?

singhadurbar६ जेठ, काठमाडौं । सरकारले संविधानसभा निर्वाचनको मिति आज भोलीमै घोषणा गर्ने भएको छ । मिति घोषणा नगरेपनि मिति घोषणा गर्ने दिन भने सोमबार नै किटान हुने भएको छ ।
 
निर्वाचन मिति घोषणा गर्न माग गर्दै आन्दोलनरत सदभावना पार्टीसँग हिजो भएको वार्तामा सरकारले आज मिति घोषणा गर्ने वा मिति घोषणा गर्ने दिन किटान गर्ने सहमति भएको हो । सरकारी वार्ता टोलीले सोमवार नै मिति घोषणा गर्ने आश्वासन दिएको सद्भावनाका महासचिव मनीष कुमार सुनमले जानकारी दिए ।
 
निर्वाचनको मिति घोषणा गर्न माग गर्दै सद्भावना अध्यक्ष राजेन्द्र महतो अनसन बस्ने तयारी गरेपछि गृहमन्त्री माधव घिमिरे नेतृत्वको सरकारी वार्ता टोलीले आजसम्मको समय माग गरेको थियो । निर्वाचन मिति वा निर्वाचन मिति घोषणा गर्ने दिनको किटान नगरिए आफूहरू पुनः असनसमा उत्रिने सुमनले बताए ।

How about this Article

No comments:

Leave a Reply