काठमाडौमा बिहानै ‘रात पर्र्यो’
मौसममा एक्कासी बदली आएपछि बिहान दश बजेको समयमा घरभित्र बत्ति बारेर बस्नु पर्ने भएको छ । काटेश्वरका मदन गौतमले बिहान १० बजेको समयमा पनि बत्तिबालेर पढ्नु पर्ने अवस्था आएको बताए ।
मौसम पूर्वानुमान शाखाले प्रिमनसुन सुरु भएकोले भीषण पानीपर्ने बताएको छ । भत्काइएका सडक समयमै मर्मत नहुदा काठमाडौमा सडकमा पानी परेपछि ‘फेवाताल’ बन्ने समस्या देखिएको छ ।
अहिले काठमाडौमा भिषण वर्षा भइरहेको छ । मौसम पूर्वानुमान शाखाको अनुमान बमोजिम अहिले निकै ठुलो वर्षा भइरहेको छ ।

No comments: