Breaking News

ठूला ‘डन’ विरूद्ध मुद्दा चलेपछि ‘छोटे डन’को खैलाबैला

photos of nepal don६ जेठ, काठमाडौ । राजनीतिक दलको संरक्षणमा धन्दा चलाइरहेका ठूला ‘डन’ पक्रिएपछि उनीहरूको देखासिकी गरेका साना ‘छोटे’डनहरूले भागाभाग गरेका छन । ठूला डन विरूद्ध सरकारले मुद्दा दायर गरेपछि साना डनको क्रियाकलाप आइतबारदेखी नै शिथिल भएको छ ।
 
दादागिरी देखाएर राजधानीका तारे होटल र क्यासिनोमा आउने र धम्काएर पैसा लुटने समूह गए रातीदेखी नै फरार रहेका छन् । सम्पत्ति शुद्धिकरण विभागले पाँचजनाको अतिरिक्त एमालेको संरक्षणमा रहेका ‘चरी’, कुमार घैटे, बागे लामा, बाउन कान्छो, ठमेल टाइगर लगायतका डनमाथी समेत मुद्दा दर्ताको तयारी गरेको छ ।

 
सम्पत्ति शुद्दीकरण अनुसन्धान विभागका महानिर्देशक सूर्य आचार्यले गैर कानुनी सम्पति आर्जनबारे अनुसन्धान जारी रहेकाले अन्य मुद्धा पनि प्रक्रियागत रूपमा अघि बढ्ने बताएका छन् ।


यसैबीच, अकुत गैरकानूनी सम्पत्ति जम्मा गरेको आरोपमा मुद्दा खेपेका ‘डन’ले उन्मुक्तिका लागि राजनीतिक दलका नेताकोमा धाउन थालेका छन । उनिहरुले मुद्दा फीर्ता लिन गृहमन्त्री निकटमा व्यक्तीलाइ सम्पर्कको प्रयास गरिरहेको सुरक्षा स्रोतले बताएको छ ।

How about this Article

No comments:

Leave a Reply