उत्तर कोरियाद्धारा चीनीयाँ जहाज कब्जा
उत्तर कोरियाले गत मे १० का दिन माझी सहितको जहाजलाई कब्जामा लिएको आइतबार खुलासा गरेको छ । उत्तर कोरियाले यु जेइजुन नामका माझीलाई पक्राउ गरेको बताइएको छ । समुन्द्री क्षेत्रमा माछा मार्न पुगेका युलाई उत्तर कोरियाले पक्राउ गरेको थियो ।
यस विषयमा चीनले उत्तर कोरियासँग समेत छलफल गरिसकेको छ । ती माझीलाई चीनले फिर्ता गर्न आग्रह गरेपनि उत्तर कोरियाले भने टेरेको छैन् । चीनले उत्तर कोरियाको समर्थन गरिरहेपनि उत्तर कोरियाले चीनलाई दवावमा राख्नका लागि गरेको आशंका गरिएको छ ।
जापान र दक्षिण कोरियासँग दुवै देशको राम्रो सम्बन्ध नरहेको अवस्थामा उत्तर कोरिया र चीनबीचको सम्बन्ध कायम रहनु दुवै देशका लागी आवश्यक पनि छ ।
यस्तै, उत्तर कोरियाले चीनले आफूलाई देखिने गरी नै च्यापोस् भन्ने इच्छा समेत राखेको देखिन्छ ।

No comments: