Breaking News

इरानमा इन्टरनेट ‘अचेत’ अवस्थामा

internet-icon६ जेठ, एजेन्सी । इरानमा आउँदो साता राष्ट्रपति पदको निर्वाचन हुँदैछ र यसबीच इन्टरनेटमा नियन्त्रण कडा भएको छ । अघिल्लो निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै सडक प्रदर्शन गर्न सामाजिक सञ्जालले ठूलो अभिप्रेरणा दिएकाले यस्तो अवस्था सिर्जना गरिएको इन्टरनेटका उपयोगकर्ता तथा विशेषज्ञहरूले बताएका छन् । 

 
अधिकारीहरूले यस्तो आरोपलाई अस्वीकार गरेका छन् र उनीहरूले इन्टरने सेवा किन सुस्त भएको हो भन्ने विषयमा कुनै कारण दिएका छैनन् । 
 
इन्टरनेट सुस्त हुँदा व्यापार, बैङ्क तथा सरकारी संस्थाहरू पनि प्रभावित भएको स्थानीय आमसञ्चारले जानकारी दिएका छन् । 
 
‘इन्टरनेट अचेत अवस्थामा छ’, गानुन दैनिकले यस महिनाको आरम्भमा समाचार दिएको थियो । पत्रिकाले निर्वाचन आउँदा तथा इन्टरनेट जाने कुरा इरानमा मात्र भएको उल्लेख गरेको थियो । 
सन् २००९ मा राष्ट्रपति महमुद अहमदिनेजाद पुनः निर्वाचित हुँदा व्यापक सडक प्रदर्शन भ
एका थिए र यसपछि फेसबुक, ट्विटर, युट्युब तथा अन्य सामाजिक सञ्जालका साइटहरूमा सेन्सर गरिएको थियो । 
तेहरानमा एक प्रमुख इन्टरनेट सेवा प्रदायकका एक सुपरभाइजरले आफ्नो कम्पनी गुनासो समाधान गर्न असफल भएको र हाल इमेल सेवा प्राप्त गर्न पनि कठिन भएको बताए । यो समाचार तयार गर्न सम्पर्क गर्न खोजिएका धेरैले सुरक्षाका कारण आफ्नो परिचय दिन मानेनन् । 
 
इरानको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले यस विषयमा प्रतिक्रिया व्यक्त गर्न अस्वीकार गर्यो । यसो भए पनि अधिकारीहरूले जुन १४ मा हुने राष्ट्रपति पदको निर्वाचन र इन्टरनेटको गति सुस्त हुनुबीच कुनै सम्बन्ध नभएको दाबी गरे । 
 
यस मन्त्रालयका उपमन्त्री अली हाकिम जवादीले निर्वाचन इन्टरनेटको गति सुस्त हुनुको कारण नभएको बताए । उहाँको भनाइले इरानका तीन करोड ४० लाख इन्टरनेट प्रयोगकर्ताको समस्या समाधान गरेको छैन । रासस/एएफपी

How about this Article

No comments:

Leave a Reply