Breaking News

चेन्नईलाई पराजित गरेको बेङ्लोरको भाग्य सनराइजरको हातमा

DLF-IPL-6५ जेठ, काठमाडौ । जारी आएपिएलमा गर या मरको स्थितिमा रहेको रोयल्स च्यालेन्जर बेङ्लोरले हिजो राती सम्पन्न खेलमा चेन्नई सुपर किङ्ग्सलाई पराजित गर्दै आफ्नो प्ले अफको सम्भावनालाई जिवित राखेको छ । बेङ्लोरले प्ले अफको सम्भावनालाई कायम राखेपनि त्यसको निर्णय भने आज हुने कोलकोत्ता र सनराइजर्सबीचको खेलले निर्धारण गर्नेछ । आज हुने खेलमा यदी सनराइजर कोलकोत्तासँग पराजित भएमा मात्र बेङ्लोरको प्ले अफको ढोका खुल्नेछ नत्र सनराइजरले बाजी मार्नेछ । 

 
चेन्नई जस्तो बलियो टोलीसँग आफ्नो अन्तिम त्यो पनि गर या मरको खेल खेल्नु परेको अवस्थामा बेङ्लोरलाई पानीले पनि साथ दिएको छ । पानी नपरेर यदी पुरै ओभर खेल चलेको भए चेन्नई बेङ्लोरमाथी हावी हुने सम्भावना बढी थियो तर पानी परेपछी निकै ढिलो गरी सुरू भएको खेललाई मात्र ८-८ ओभरमा घटाइएपछी बेङ्लोरलाई चिठ्ठा नै परेको थियो । 

पहिले उत्कृष्ट ब्याटिङ गरेर चेन्नईलाई निकै दवावमा राखेको बेङ्लोरले बलिङमा समेत राम्रो प्रदर्शन गर्न सफल भएपछी चेन्नईलाई २४ रनले पराजित गर्दै आफ्नो प्ले अफ सम्भावना कायम राखेको थियो । 
बलिङमा कमजोर देखिएको बेङ्लोरले हिजोको खेलमा आफ्ना राम्रा बलरलाई मात्र प्रयोग गर्न पाउँदा जितका लागि निकै ठुलो राहत पाएको थियो । राम्रा बलरलाई थोरै र उत्कृष्ट बलिङ गराउन पाएपछी बेङ्लोरले चेन्नईलाई समेत रोक्न सफल रह्यो । 

निर्धारित ८ ओभरको खेलमा १ सय ७ रनको विजय लक्ष्य लिएर मैदान छिरेको चेन्नईले मात्र ८२ रन जोड्न सफल रह्यो । यसक्रममा उसले आफ्ना ६ विकेट गुमाएको थियो । 

यसअघी टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लोरले कप्तान विराट कोह्लीको उत्कृष्ट अर्धशतकको मद्धतले निर्धारित ८ ओभरमा १ सय ६ रनको योगफल तयार गर्न सफल रह्यो र खेलमा चेन्नई माथि हावी भयो ।

How about this Article

No comments:

Leave a Reply