सनराइजर्स प्लेअफमा, गेलको टिम फूस्स
गए राती खेलिएको खेलमा सनराइजर्सले कोलकाता नाइट राइडर्सलाई हराएपछि सनराइजर्समा प्लेअफमा पुगेको हो। सनराइजर्सको जित संगै विष्फोटक ब्याट्सम्यान क्रिसको गेलको टिम रोयल च्यालेन्जर्स प्रतियोगिताबाटै बाहिरिएको छ।
हिजो खेलमा सनराइजर्सले हारेको भए रोयल च्यालेन्जर्स बेंगलोर प्लेअफ पुग्ने अवस्था थियो तर सनराइजर्सले त्यो हुन दिएन र अन्तिमा चारमा आफ्नो स्थान सुरक्षित गर्यो।
हिजोको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाता नाइटराइडर्सले २० ओभरमा मात्र १३० रन बनाएको थियो। कोलकाताको लागी युसुफ पठानले सर्वाधिक ४९ रनको पारी खेलेका थिए ।
प्रत्युत्तरमा सनराइजर्सले पार्थीव पटेलको ४७ रन शेखर धवनको ४२ रनको मद्धतले ५ विकेटको क्षतिमा लक्ष्य हासिल गरकेो थियो।
तीन टिम यसअघि नै प्लेअफमा पुगिसकेका छन्। चेन्नइ सुपरकिंग, मुम्बइ इन्डियन्स र राजस्थान रोयल्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका हुन् ।

No comments: