अब जिमेलबाट इमेल होइन् पैसा पनि पठाउनुस
यदी तपाईसँग जिमेल एकाउण्ट छ भने तपाईले उक्त जिमेलबाट पैसा पठाऊन पाउनुहुन्छ भन्ने कुरा सायद सहजै विश्वास नलाग्न सक्छ तर विश्वको सबैभन्दा ठुलो सर्च इन्जिन गुगलले आफ्ना जिमेल प्रयोगकर्ताका लागी यस्तो सुविधा सुरू गर्ने भएको हो ।
गुगलले १५ मे देखि १७ मे सम्म सन फ्रान्सिस्कोमा हुने इनपुट/आउटपु डेभेलपर कन्फ्रेन्समा गुगल वालेटमार्फत पैसा ट्रान्सफर गर्न सकिने बताएको छ ।
उक्त कन्फ्रेन्समा गुगलले गुगल म्यापको नयाँ भर्सन, नेक्सस ४ मोबाइल र सब्सक्रिप्सन बेस्ट म्युजिक सर्विस समेत अन्य केहि सुविधाहरू सार्वजनिक गर्दैछ ।
गुगलले पहिले गुगल वालेटलाई मोबाइल एप्लिकेशनको रूपमा विकास गरेको थियो । यसै समयदेखी नै गुगल वालेटको प्रयोग गरेर पैसाको आदानप्रदान गरिने गरेको थियो ।
गुगल वालेटको प्रयोग गरेर सहजै पैसा आदानप्रदान गर्न सकिन्छ । गुगल वालेटको नयाँ भर्सनलाई जिमेल एकाउन्टमा जोडिएको छ, जसबाट तपाई आफ्नो जिमेल एकाउण्टबाट सहजै पैसा आदान प्रदान गर्न सकिन्छ ।
यदी तपाईको जिमेल एकाउण्ट छ र तपाई कसैलाई पैसा पठाउँदै हुनहुन्छ भने तपाईले पैसा पठाउन चाहेको व्यक्तिको जिमेल एकाउण्ट हुनु आवश्यक छैन् ।
यदी तपाईको जिमेल एकाउण्ट छ र तपाई कसैलाई पैसा पठाउँदै हुनहुन्छ भने तपाईले पैसा पठाउन चाहेको व्यक्तिको जिमेल एकाउण्ट हुनु आवश्यक छैन् ।
यसबाट पैसा आदानप्रदान गर्न कुनै छुट्टै चार्ज तिर्नु पर्दैन, जबकी डेबिड कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्दा २.९ प्रतिशत पैसा तिर्नु पर्छ ।
गुगल वालेटवाट एक पटकमा १० हजार अमेरिकी डलर र ५ दिनमा ५० हजार अमेरिकी डलरसम्म आदानप्रदान गर्न सकिन्छ ।
तपाईले आफ्नै कम्प्युटर अगाडि बसेर जिमेलबाट पैसा आदानप्रदान गर्न सक्नुहुन्छ । यदी तपाई मोबाइलमा यस सुविधाको लाभ लिन चाहनुहुन्छ । भने तपाईले wallet.google.com मा लगअन गर्नुपर्ने हुन्छ ।

No comments: