चीनमा एक व्यक्तिद्धारा ६ विद्यार्थीमाथी छुरा प्रहार
८ जेठ, एजेन्सी । दक्षिणी चीनमा एक मानसिक सन्तुलन गुमाएका व्यक्तिले ६ विद्यार्थी र एक युवकमाथी छुरा प्रहार गरेका छन् ।
स्थानीय निकायले दिएको जानकारी अनुसार मंगलबार भएको उक्त घटनामा सबै सात जनाको अवस्था स्थिर रहेको बताइएको छ भने उक्त छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरीएको छ । उक्त घटना विद्यार्थीहरू विद्यालयबाट घर फर्किरहेका रहेका बेला भएको थियो ।
घटनाको केहीबेर पछी पुगेको प्रहरीले उक्त छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरेको थियो । ती व्यक्ति करिब ३२ वर्षको भएको अधिकारीहरूले जनाएका छन् ।

No comments: