Breaking News

विप्लवले दिए गृहयुद्धको चेतावनी

Netra-Bikram-Chand८ जेठ, काठमाडौ । नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द 'विप्लव'ले यथास्थितीमा निर्वाचन गरिए मुलुकमा गृहयुद्ध निम्तिने चेतावनी दिएका छन् । जनताको अधिकार सुनिश्चित हुने ग्यारेण्टी गरिए आफूहरू चुनावका लागि तयार हुने बताए ।
अनेरास्ववियु क्रान्तिकारीले काठमाडौको पब्लिक युथ क्याम्पसमा आयोजना गरेको कार्यक्रममा नेता चन्दले जनसंविधान बन्ने सुनिश्चित भएमात्र आफ्नो पार्टी निर्वाचनमा जाने बताएका हुन् । उनले आफ्नो पार्टीलाई पेलेर निर्वाचन गर्ने मुर्खता नगर्न सरकारलाई चेतावनी दिए ।
'हाम्रो पार्टीको सहभागिता बिना यथास्थितीमा निर्वाचन गर्न खोजिए गृहयुद्ध निम्तिनेछ', उनले भने, 'निर्वाचन भाड्न हामीले जस्तोसुकै कदम चाल्न बाध्य हुनेछौ ।' जनसंविधान बन्ने प्रतिबद्धता गर्न कांग्रेस एमाले तयार भए आफूहरू वार्तामा बस्न तयार रहेको उनले बताए ।
नेता चन्दले अयोग्यको विल्ला भिराएर घर फीर्ता गरिएका माओवादी जनसेनाका १९ हजारलाइ लडाकुलाई नेपाली सेनामा समायोजन गर्नुपर्ने आफ्नो पार्टीको माग रहेको बताए । एकीकृत माओवादीले धोका दिएका १९ हजार पूर्व लडाकु आफ्नो पार्टीमा रहेको चन्दले जीकिर गरे।

How about this Article

No comments:

Leave a Reply