Breaking News

अमेरिकामा क्षतिः राष्ट्रपति र अध्यक्षद्वारा समवेदना

८ जेठ,काठमाडौँ । राष्ट्रपति डा रामवरण यादवले अमेरिकाको ओक्लाहामा सहरमा हालै आएको भीषण आँधीबाट दर्जनौँ व्यक्तिको मृत्यु, धनजनको क्षति र मानिसहरु घाइते भएकामा दुःख प्रकट गर्दै अमेरिकी राष्ट्रपति बाराक ओबामालाई एक सन्देश पठाएका छन । उनले सन्देशमा आँधीमा परेर निधन भएकाहरुका परिवारप्रति नेपाल र नेपाली जनताका तर्फबाट गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन ।
    त्यसैगरी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि राष्ट्रपति ओबामालाई सन्देश पठाउँदै सो आँधीबाट ठूलो धनजनको क्षति भएकोमा गहिरो दुःख व्यक्त गरेका छन । उनले आँधीका कारण निधन भएकाका परिवारप्रति समवेदना पनि व्यक्त गरेका छन् । रासस

How about this Article

No comments:

Leave a Reply