Breaking News

दार्चुलामा बस दुर्घटना, ५ को मृ्त्यु, २२ घाइते

९ जेठ, दार्चुला । दार्चुलामा आज बिहान बस दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ भने दुर्घटनामा करिब २२ जना घाइते भएका छन् । 
महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ४ ख ८३८५ नम्बरको बस गोकुलेश्वर गाविस ६ बाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । उक्त बस भीरमा नै अड्किएको प्रहरीले जनाएको छ । 
मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइतेहरुमध्ये १० जना गम्भिर घाइते भएका छन् । बस भिरमा अड्किएका कारण उद्धार कार्यमा समेत समस्या भइरहेको बताइएको छ । सडक साँधुरो र मोड भएका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

How about this Article

No comments:

Leave a Reply