Breaking News

चुनावी सरकार सरूवा-बढुवामा रूमल्लियो, सरूवा लिष्टमा कुन कुन सचिव ?

singhadurbar९ जेठ, काठमाडौ । मन्त्रालयका सचिवहरुको सरुवा बढुवाको निर्णय गर्न नेपाल सरकार मन्त्रीपरिषदको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरवारमा बस्ने बैठकले मन्त्रालयमा व्यापक सरुवाको तयारी गरेको उच्च सरकारी स्रोतले जनाएको छ ।
सरकारले अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी, उर्जा मन्त्रालयका सचिव हरेराम कोइराला, शिक्षा मन्त्रालयका सोमलाल सुवेदी लगायतलाई सरुवा गर्न लागेको हो । बावुराम भट्टराइले अर्थसचिव बनाएका सुवेदीलाई कांग्रेसको कोटाका अर्थमन्त्री शंकर कोइरालाले हटाउन लागेका हुन् ।
अर्थतन्त्रको बिषयमा जानकार नभएको भन्दै उनलाई सरूवा गर्न लागिएको हो । पछिल्लो समय आर्थिक अपारदर्शीताको आरोप लागेका उर्जा सचिव हरेराम कोइरालालाई पनि सरकारले हटाउने तयारी गरेको छ । सचिव सरूवाको लिष्टमा अरूपनि छन् । लोडसेडिङ कम गर्न बजेट मार्फत विशेष कार्यक्रम ल्याउन लागेको बताएको सरकारले उर्जाका कोइरालालाई हटाउन लागेको हो ।
मन्त्रीपरिषद बैठकले संविधानसभा निर्वाचनको मिति घोषणाको माग गर्दै आमरण अनसनमा बसेका सदभावना अध्यक्ष राजेन्द्र महतोको माग संवोधनका बिषयमा समेत छलफल गर्ने भएको छ ।

How about this Article

No comments:

Leave a Reply