Breaking News

राजस्थान रोयल्सद्धारा हैदराबाद पराजित

rajasthan royals batsman९ जेठ,काठमाडौ। इन्डियन प्रिमिएर लिग (आईपिल) अन्तर्गत गएराती भएको इलिमिनेटर खेलमा रोयल राजस्थानले सनराइर्जस हैदराबादलाई ४ विकेटले पराजित गर्दै क्वालिफाएरमा पुगेका छन् ।
पहिले टस जितेर व्याटिङ्ग गरेका हैदराबादले निर्धारित ओभरमा १ सय ३२ रन बनाएको थियो ।
जबाफमा व्याटिङ्ग गर्न आएका राजस्थानले ब्रैड हाजको ५४ रनको मदतले १९ दशमलव २ ओभरमा लक्ष्य हासिल गरेको थियो ।
आफ्ना ३ खेलाडी स्पट फिक्सिङमा फसेपछि मनोवैज्ञानिकरुपमा कमजोर बनेको राजस्थान रोयल्सलाई यो जीतले ठुलो राहत दिएको छ। 

राजस्थानलाई अब फाइनलमा पुग्नका लागि भोलि हुने दोस्रो क्वालिफाएर खेलमा मुम्बईलाई पराजित गर्नु पर्ने छ । चेन्नई सुपर किंग्स पहिलो क्वालिफाएरमा मुम्बईलाई पराजित गर्दै फाइनलमा प्रबेश गरि सकेको छ।

How about this Article

No comments:

Leave a Reply