Breaking News

यसपाली षडयन्त्रमा फस्दैन कांग्रेस

Sherbahadur deuba९ जेठ, धादिङ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा (माओवादी)ले निर्वाचन गर्न नदिन षडयन्त्र गरिरहेको आरोप लगाएका छन् ।
धादिङको गुम्दी गाविसस्थित तामाङखर्क उच्च माविमा आज आयोजित कार्यक्रममा बोल्दै नेता देउवाले माओवादीको उक्त षड्यन्त्रलाई जनताले परास्त गर्नुपर्ने बताएका छन् । उनले एमाओवादीको छलकपटपूर्ण राजनीतिका कारण देश अहिले यो जटिल अवस्थामा आएपुगेको बताउँदै कांग्रेस यसपटक भने एमाओवादीको षडयन्त्रमा नफस्ने दृढता व्यक्त गरेका छन् ।
कात्तिकको अन्तिम साता या मङ्सिरको पहिलो साता जसरी नि निर्वाचन हुने बताउँदै उनले कार्यकर्तालाई पार्टीले जित्ने गरी तयारी गर्न आग्रह गरेका छन् ।
देशको वर्तमान संकटको एक मात्र विकल्प निर्वाचन भए पनि एमाओवादीकै कारण गत संविधानसभाबाट संविधान बन्न नसकेको आरोप लगाएका छन् । नेता देउवाले फेरि पनि एमाओवादीले जिते उस्तै परिस्थिति सृर्जना हुने बताउँदै कांग्रेसलाई बहुमत दिलाउनुपर्ने धारणा राखेका छन् ।

How about this Article

No comments:

Leave a Reply